कनेक्ट आईपीएस शुल्क घट्यो, २ देखि ८ रुपैयाँमै कारोबार गर्न सकिने « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

कनेक्ट आईपीएस शुल्क घट्यो, २ देखि ८ रुपैयाँमै कारोबार गर्न सकिने



काठमाडौं । कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटेको छ । मंसिर ७ गतेबाट लागु हुनेगरि नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको हो । अब ग्राहकले २ रुपैयाँदेखि ८ रुपैयाँमै कारोबार गर्न सक्ने छन । यसअघि कारोबार रकम अनुसार २ देखि १५ रुपैयाँसम्म शुल्क लाग्ने थियो ।

क्लियरिङ हाउसका अनुसार बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदानग गर्ने ग्राहकले ५ सयसम्मको भुक्तानीमा प्रति कारोबार २ रुपैयाँ शुल्क लाग्ने छ । त्यसैगरि ५ सयदेखि ५ हजारसम्मको कारोबरमा ४ रुपैयाँ शुल्क तिरे पुग्नेछ । ५ हजारभन्दा माथिको कारोबार गर्दा ८ रुपैयाँमात्र शुल्क लाग्ने छ । यसअघि न्युनतम २ रुपैयाँदेखि अधिबतम १५ रुपैयाँसम्म शुल्क लाग्ने थियो ।

कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।नेपाल राष्ट्र बैंकबाट बैंकरवित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क १० देखि अधिकतम ३० सम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ ।

कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्