२३ वाणिज्य बैंकको लाभांशः ११ बैंकको शेयर किन्दा लाभांश पाईने, १२ बैंकको नपाईने

काठमाडौं । विभिन्न २३ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका विभिन्न २३ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंक लिमिटेडले ५.३१ प्रतिशत लाभांश दिने भएको छ ।
लाभांश घोषणा गरेका २३ वाणिज्य बैंकमध्ये १२ वटा बैंकको बुकक्लोज भइसकेको छ । त्यसैले, अब यी बैंकको शेयर किन्ने लगनीकर्ताले लाभांश पाउदैनन् । अब बाँकी १२ बैंकको बुक क्लोज नभएकाले लाभांश प्राप्त गर्न सक्नेछन् ।

बुक क्लोज नभएका बैंकहरु
१. प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा पौष ६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौँमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
३. प्रभु बैंक
प्रभु बैंक लिमिटेडले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
४. नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
५. नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंक लिमिटेडले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
६. लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा पौष ८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बोलाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले हालसम्म साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
८. हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले हालसम्म बैंकले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
९. एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
१०. सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले साधारणसभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
११. एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ
बुक क्लोज भईसकेका बैंक
१. सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडको साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ७ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बैंकको वार्षिक साधारणसभा कार्तिक १६ गते सम्पन्न भइसकेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, असोज २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र लाभांश पाउनेछन् ।
३. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्र लाभांश पाउनेछन् ।
४. माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडको कात्तिक २६ गते २३ औँ वार्षिक साधारणसभा सम्पन्न भईसकेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ७ गते बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
५. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारणसभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रीय कार्यालय, बानेश्वर, काठमाडौँमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १० गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
६. कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा कात्तिक १६ गते सम्पन्न भइसकेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ८ गते एकदिन बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।
७. एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडको २७ औँ वार्षिक साधारणसभा पौष १ गते केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौँमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १७ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. नेपाल बैंलादेश बैंक लिमिटेड
नेपाल बैंलादेश बैंक लिमिटेडको २७ औँ वार्षिक साधारण सभा मंसिर २ गते काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १५ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
९. बैंक अफ काठमाडौँ
बैंक अफ काठमाडौँ लिमिटेडको २७ औँ वार्षिक साधारणसभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१०. ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बोलाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १३ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
११. मेगा बैंक लिमिटेड
मेगा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा मंसिर २८ गते, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बोलाएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
१२. नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको बैंकको ६२ औँ वार्षिक साधारणसभा पौष २ गते, शुक्रबार नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा हुनेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।