थप २८० जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

थप २८० जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २ सय ५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मुत्यु भएको छ । भने ३ सय ६६ जना निको भएका छन् ।
मन्त्तालयका अनुसार पछिल्लो २४ घण्टामा थप भएकाहरु मध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित थप भएका हुन ।


प्रतिक्रिया दिनुहोस्