मिथिला लघुवित्तको २६.३१ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२६ मंसिर २०७८, आईतवार

मिथिला लघुवित्तको २६.३१ प्रतिशत लाभांश घोषणा



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १७ करोड ४ लाख ३७ हजार १७८ रुपैयाँ ७५ पैसा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्