३० प्रतिशत लाभांश र ३० प्रतिशत एफपीओ प्रस्ताव पारित गर्न उन्नति सहकार्यले बोलायो साधारण सभा « Arthapath.com
५ पुष २०७८, सोमबार

३० प्रतिशत लाभांश र ३० प्रतिशत एफपीओ प्रस्ताव पारित गर्न उन्नति सहकार्यले बोलायो साधारण सभा



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको पौष ३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा पौष २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार गरेको हुँदा बोनस शेयरमा कर लाग्दैन ।

लघुवित्तको सभाले बोनस शेयर वितरण पश्चात् सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्तावहरु पारित गर्नेछ ।

त्यस्तै, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष १४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्