सुनको भाउ बढ्यो, चाँदी स्थिर

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । यस दिन सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९३ हजार ८ सय र तेजावि सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी भने स्थिर रहंदै प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९३ हजार ६ सय र चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
