एनएमबि बैंक र गणपति लघुवित्तको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन
काठमाडौं । २ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । एनएमबि बैंक र गणपति लघुवित्तको आजसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।
दुबै कम्पनिले साधारण सभा तथा लाभांश प्रयोजनको लागि भोली बुधबार बुक क्लोज गर्नेछन् । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।
एनएमबि बैंकको गत वर्षको मुनाफाबाट शेयरधनीह्रुलाई १२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस २२ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले प्रस्थतावित लाभांश पारीत गर्ने प्रस्ताव पारीत गर्ने छ ।
गणपति लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत लाभांश वित।रण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस १७ गते हुने ५औं साधारण सभाले पस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।