सुनको भाउ बढ्यो, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुदै

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार स्थिर रहेको सुनचाँदी आज सुन १ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोला १ सयले बढेर छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन तोलाको ९३ हजार १०० रुपैयाँ, तेजावी ९२ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाामा कारोबार भएको थियो ।

्