फेरी घट्यो सुनको भाउ, चाँदी स्थिर

काठमाडौं । बुधबार सुनको भाउ घटेको छ । यस दिन नेपाली बजारमा सुन ५ सय रुपैयाँले घटेको छ भने चाँदी स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सयले ओरालो लागेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय र तेजावि सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदी स्थिर रहँदै प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ, तेजावी सुन ९२ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
