शेयर बजार ६३ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । पछिल्लो समय बैंकहरुमा तरलता अभाव बढ्दै गएपछि ब्याजदर बढ्दै गएको थियो । तर तरलता अभाव हटाउनको लागि राष्ट्र बैंकले विभिन्न कार्यहरु गर्दै गएपछि निक्षेप संकलनमा पनि बृद्धि भएको हो । जसले गर्दा नेप्सेमा लगानीकर्ता रमाएका छन् ।
साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा बन्द भएको छ । यसअघि सोमबार पनि बजार बढेको थियो ।
मंगलबार दिभरिमा २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ५५ हजार ३७८ पटक किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

