शिखर इन्स्योरेन्सले पायो कर्पोरेट एक्सेलेन्स अवार्ड २०२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” कार्यक्रममा शिखर इन्स्योरेन्सले “कर्पोरेट एक्सेलेन्स अवार्ड” पाएको हो ।
विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा जीवन तथा निर्जिवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सेलेन्स अवार्ड” प्रदान गरिएको हो ।विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरुका साथै निम्न आधारहरुको विश्लेषणमा शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सलेन्स अवार्ड” प्रदान गरिएको हो ।
1 Adopt fair degree of innovation in operations and governanceसुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता
2 Generate an increasing customer base and high level of customer satisfaction ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार
3 Create respectable brand image सम्मानजनक ब्राण्ड पहिचान
4 Provide fair and inclusive employment framework and good employee experience समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव
5 Engage in socially ethically and legally responsible behaviors सामाजिक नैतिक तथा कानुनी रुपमा उत्तरदायीपूर्ण व्यवसायिक व्यवहार
शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ र ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पु¥याउँदै आइरहेको छ ।
शिखर इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो ।
