नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको सेयरमुल्य समायोजन भएको छ । लघुवित्तको ४० प्रतिशत बोनसपछिको सेयरमुल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले आज बुकक्लोजगरेसंगै नेप्सेले प्रस्तावित ४० प्रतिशत बोनश शेयरपछि शेयरमुल्य समायोजन गरेको हो ।
४० प्रतिशत बोन शेयर समायोजनपछि प्रत्तिकित्ता २६१२६१४.२९ रुपैयाँ नयाँ मुल्य निर्धारण भएको छ । सोमबार भएको अन्तिम कारोबार मुल्यको आधारमा शेयरमुल्य समायोजन भएको हो । हिजो सोमबार प्रतिकित्ता ३६६० रुपैयााँ अन्तिम कारोबार भएको थियो ।
लघुवित्तले आजबाट बुक क्लोज गरेको छ । तसर्थ हिजो सोमबारसम्म कायम भएका शेयरधनीहरुले हाल कायम चुक्ता पुजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश पाउनेछन् ।