आईपीओ जारी गर्न धितोपत्र बोर्डद्वारा ५ कम्पनीलाई अनुमति, कुनको कति ? « Arthapath.com
६ माघ २०७८, बिहीबार

आईपीओ जारी गर्न धितोपत्र बोर्डद्वारा ५ कम्पनीलाई अनुमति, कुनको कति ?



काठमाडौं । लामो समयदेखि नियामक निकाय निेवपाल धितोपत्र बोर्ड अध्यक्षविहीन छ । अध्यक्षविहीन रहेको धितोपत्र बोर्डले आफ्ना नियमित कामकारवाही गर्न सकिरहेको थिएन । जसको चैतर्फी विरोध हुन थालेको छ । नेपाल धितोपत्र बोर्डले विगत ६ महिनादेखि रोकेर राखेको आईपीओ निष्काशन प्रक्रिया बुधबारदेखि खुला भएको छ । अध्यक्ष नुहँदा रोकिएका आईपीओ निष्काशन प्रक्रिया अव खुला भएका हुन् ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको कार्यबहाक अध्यक्ष निरज गिरीले जानकारी दिए । बोर्डका अनुसार बलेफी हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जालपा सामुदायित लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

बलेफी हाइड्रोपावर कम्पनीको ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ, जालपा लघुवित्तको ५ करोड २२ लाख, राष्ट्र उत्थानको ८ करोड ५० लाख र नेस्डो लघुवित्तको ८ करोड २८ लाख रुपैयाँ बराबरको लागि आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्