सातामा नेप्से परिसुचक ५६ अंकले बढ्यो, आइतबार सर्वाधीक ९ अर्ब ६७ करोडको कारोबार « Arthapath.com
७ माघ २०७८, शुक्रबार

सातामा नेप्से परिसुचक ५६ अंकले बढ्यो, आइतबार सर्वाधीक ९ अर्ब ६७ करोडको कारोबार



काठाडौं । यो साता उतार चडावका विच नेप्से परिसुचक ५६ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार २८५७ अंकमा खुलेको बजार बिहिबार सम्म आइपुग्दा २९३१ अंकमा पुगेर बजार बन्द भएको छ । साताको पहिलो दिन आइतबार र सोमबार बढेको बजार मंगलबार र बुधबार घटेको थियो भने बिहिबार सामान्य अंकले बढेको छ ।

साताको पहिलो दिन आइतबार शेयर बजार उत्साहा छाएको थियो । त्यस दिन २८५७ अंकमा खुलेको बजार ६९ अंकले बढेर नेप्से पसिुचक २९२३ अंकमा पुगेर बजार बन्द भएको थियो । त्यस दिन ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

त्यसैगरी सोमबार पनि बजारमा हरियाली छाएको थियो । त्यस दिन बजार २० अंकले बढेर २९३६.३५ अंकमा पुगेर बजार बन्द भएको थियो । त्यस दिन कारोबार रकम आइतबारको तुलनामा घटेर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रुपैयाँको शेयर कारोबार भएको छ ।

सातामा २ दिन बढेको शेयर बजार मंगलबार भने १० अंकले ओरालो लागेर परिसुचक २९५३.९४ अंकमा पुगेर बजार बन्द भएको थियो । त्यस दिन ८ अर्ब ४४ करोड ३४ लाख ११ हजार ५ सय ६१ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगर बुधबार भने शेयर बजार ३८ अंकले ओरालो लागेर नेप्से परिसुचक २८९८.३१ अंकमा पुगेर बजार बन्द भएको छ । त्यस दिन ६ अर्ब २१ करोड ३१ लाख १८ हजार ८१ रुपैयाँको शेयर कारोबार भएको छ ।

साताको अन्तिम दिन बिहिबार भने नेप्से ३३ अंकले बढेको छ । यस दिन बजार ३३ अंकले बढेर परिसुचक २९३१.२६ अंकमा पुगेर बजार बन्द भएको हो । बिहिबार कारोबार रकम ५ अर्बमा खुम्चीएको थियो । यस दिनभर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रुपैयाँको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्