आशा लघुवित्तको खुद नाफा २५ प्रतिशत बढ्यो

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.८१ प्रतिशत बढेर ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पौष मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५०.५० प्रतिशत बढेर १७ करोड ५३ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको सञ्चालन नाफा पनि ५२.२३ प्रतिशत बढेर १३ करोड ८५ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजीको २५ प्रतिशत बढेर ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ, जगेडा कोष ५६.२६ प्रतिशत बढेर १८ करोड २० लाख ५० हजार रुपैयाँ, निक्षेप ४२.२१ प्रतिशत बढेर १ अर्ब ५३ करोड १६ लाख ५२ हजार रुपैयाँ र कर्जा ४८.४७ प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९२ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्म लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ३४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा छ छ ।