गुडविल, नेपाल र वेष्ट बाहेक अधिकांश फाइनान्सको नाफा घट्यो, कसकाे कति ?

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा विभिन्न १० फाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका १७ मध्ये १० वटा फाइनान्स कम्पनीहरुले पौष मसान्तसम्ममा नाफा घटेको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्स कम्पनीहरुमध्येमा अधिकांशको नाफा घटेको छ । चालु आवको तेस्रो त्रैमासमा ५५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको पौष मसान्तमा ६६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका फाइनान्स कम्पनीले चालु आवको ६ महिनामा घटेर ५५ करोड ६ लाख २ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् ।
गत आवको यस अवधिमा घाटामा रहेका कम्पनीले भने यस बर्ष नाफा गरेका छन् । गत आर्थिक बर्षको पौषमा बेष्ट फाइनान्स र नेपाल फाइनान्स कम्पनीको नाफा घाटामा थियो । तर यस बर्ष भने नाफामा रहेका छन् ।
गुडविल फाइनान्सको ४२.७१ प्रतिशत नाफा बृद्धि गरेर ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । आइसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स गुहेश्वरी मर्चेन्ट, श्रीइन्भेष्टमेन्ट, र गुर्खाज फाइनान्सको नाफा घटेको छ ।
पौष मसान्तसम्मको तथ्याङ हेर्ने हो भने सबैभन्दा धेरै नाफा बेष्ट फाइनान्सको १४ करोड २ लाख ९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको ९ करोड २६ लाख ५४ हजार रुपैयाँ, गुडविल फाइनान्सको ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ, मञ्जुश्रीको ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ, श्रीइन्भेष्टमेन्ट फाइनान्सको ४ करोड ६२ लाख ३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३ करोड ३२ लाख ९३ हजार रुपैयाँ, पोखरा फाइनान्सको २ करोड ९६ लाख १६ हजार रुपैयाँ, गुहेश्वरीको २ करोड ८६ लाख ७० हजार रुपैयाँ, गुर्खाज फाइनान्सको १ करोड ९३ लाख ५५ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ६० लाख २२ हजार रुपैयाँ नाफा रहेको छ ।

Company Name | Net Profit-Amt in000_ | Different | |
2078-79 (Paus) | 2077-78 (Paus) | ||
Best Finance | 140,209 | -100,338 | |
Nepal Finance | 33,293 | -3,904 | |
Pokhara Finance | 29,616 | 96,886 | -69.43 |
Gurkhas Finance | 19,355 | 170,355 | -88.64 |
Samriddhi Finance | 6,022 | 16,705 | -63.95 |
Manjushree Finance | 75,389 | 113,401 | -33.52 |
ICFC Finance | 92,654 | 122,570 | -24.41 |
Goodwill Finance | 79,191 | 55,491 | 42.71 |
Guheswori Merchant | 28,670 | 34,738 | -17.47 |
Shree Investment Finance | 46,203 | 59,158 | -21.90 |