मिर्मिरे लघुवित्तको छलाङ, नाफा ६१.८७ प्रतिशत बढ्दा जगेडा कोष ११८.२३ प्रतिशत उछाल « Arthapath.com
१२ माघ २०७८, बुधबार

मिर्मिरे लघुवित्तको छलाङ, नाफा ६१.८७ प्रतिशत बढ्दा जगेडा कोष ११८.२३ प्रतिशत उछाल



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१.८७ प्रतिशत बढेर १२ करोड १६ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.७१ प्रतिशत बढेर २८ करोड ४५ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १७ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ६१.८७ प्रतिशत १९ करोड ३० लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ९२ लाख ७२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ९.१४ प्रतिशत बढेर ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ, जगेडा कोष ११८.२३ प्रतिशत बढेर ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ, निक्षेप संकलन ५६.६३ प्रतिशत बढेर २ अर्ब ६२ करोड ३९ लाख ५२ हजार रुपैयाँ र कर्जा लगानी ६२.०५ प्रतिशत बढेर ८ अर्ब ८६ करोड २५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ९१ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २०३.०७ रुपैयाँ रहेको छ । लघुवित्तको खराव कर्जा १.५५ प्रतिशत र कस्ट अफ फण्ड ८.९९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्