मानुषी लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१६ माघ २०७८, आईतवार

मानुषी लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा रेकको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको २८.७६ प्रतिशत बढ ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोढड ८३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ४० लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नाफा ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

पौष मसान्तसम्मा लघुवित्तको चुक्ता पूँजी ५६.२५ प्रतिशत बढेर १० करोड ९३ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष १७१.९१ प्रतिशत बढेर ४ करोड ८१ लाख १८ हजार रुपैयाँ, निक्षेप १८.६५ प्रतिशत बढेर ७१ करोड ३ लाख ४३ हजार रुपैयाँ र कर्जा ५१.६४ प्रतिशत बढेर १ अर्ब ३२ करोड ७७ हजार ४१ हजार रुपैयाँ रहेको छ । ६ महिनामा लघुवित्तको सापटि रकम ४६.५१ प्रतिशत बढेर ४९ करोड २३ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.८३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ३.६९ प्रतिशत र कस्ट अफ फण्ड ९.५८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्