क्यानले खोल्यो महाप्रबन्धकको विज्ञापन « Arthapath.com
१८ माघ २०७८, मंगलवार

क्यानले खोल्यो महाप्रबन्धकको विज्ञापन



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक पदका लागि विज्ञापन गरेको छ । यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो ।

भैरहवामा माघ १३ मा भएको क्यान बोर्ड बैठकले रौनक मल्लको म्याद नथप्ने निर्णय गरेपछि महाप्रबन्धक पद खाली छ ।

क्यानले यही फेब्रुअरी १५ सम्म आवेदन दिने मिति तोकेको छ । आवेदन दिनका लागि कम्तीमा स्नातकोतर गरेको ३ वर्षको अनुभव भएको हुनुपर्ने क्यानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्