हाथवे इन्भेष्टमेन्टले आइएमई जनरलको २ लाख ९ हजार कित्ता शेयर बिक्री गर्ने « Arthapath.com
१८ माघ २०७८, मंगलवार

हाथवे इन्भेष्टमेन्टले आइएमई जनरलको २ लाख ९ हजार कित्ता शेयर बिक्री गर्ने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आइएमई जनरलको शेयर बिक्री गर्ने भएको छ । बीमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्न स्वीकृति दिएसँगै २ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालको २ लाख ९ हजार ८०९ कित्ता सर्वसाधारण समूहको शेयर बिक्रिका लागि बीमा समितिमा स्वीकृत माग गरेको थियो ।

समितिको कानून शाखाले माघ १६ गते कम्पनीलाई शेयर बिक्रिका लागि अनुमति प्रदान गरेको हो । साथै ३ महिनाको अवधिमा कम्पनीको नाममा रहेको उक्त सर्वसाधारण समूहको शेयर बिक्री गरि समितिमा जानकारी गराउन समेत निर्देशन गरेको छ ।

बीमा समितिबाट शेयर बिक्रीको लागि अनुमति पाए सँगै कम्पनीले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्