सिटिभिटीका स्थगित परीक्षाहरु फागुन ६ गतेबाट सञ्चालन हुने « Arthapath.com
१९ माघ २०७८, बुधबार

सिटिभिटीका स्थगित परीक्षाहरु फागुन ६ गतेबाट सञ्चालन हुने



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सबै स्थगित परीक्षाहरू परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै स्थगित भएका सबै परिक्षाहरू पुन: सुचारू गर्ने जानकारी दिएको हो।

सिटिइभिटीले सम्पूर्ण परीक्षा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने बताएको छ।

यसअघि कोभिड-१९को संक्रमण तिव्र गतिमा फैलिएपछि सिटिइभिटीले परीक्षालाई स्थगित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्