स्टिम विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने अमेरिकाको नयाँँ नितीको स्टडी ग्रुपद्वारा समर्थन « Arthapath.com
२० माघ २०७८, बिहीबार

स्टिम विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने अमेरिकाको नयाँँ नितीको स्टडी ग्रुपद्वारा समर्थन



काठमाडौँ । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (STEM) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूलाई स्टडी ग्रुप स्वागत गर्दछ । अध्ययन पश्चात अमेरिकामा आफ्नो करियर निर्माण गर्न चाहने मेधावी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बिडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजनाहरु घोषणा गरेको छ, जसले विद्यार्थीको अध्ययन पछिको रोजगारी र अमेरिकाको बसाईलाई सजिलो बनाउनेछ ।

ती योजनाहरु अनुसार, STEM Optional Practical Training (OPT) कार्यक्रममा अध्ययनका लागि २२ नयाँ विषयहरु थपिएका छन्, जुन F–1 भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उक्त विषयहरुमा स्नातक, स्नातकोत्तर र पी.एच.डी. गर्न सक्षम बनाउन र अध्ययन पश्चात कामको अनुभव प्राप्त गर्न ३६ महिनासम्म अमेरिकामा बस्न पाउनेछन् ।

यसबाहेक, अमेरिकी सरकारको शैक्षिक र सांस्कृतिक मामिला हेर्ने ब्यूरो (ECA) ले आप्रवासी–आप्रवासी ब्रिज युएसए एक्सचेन्ज आगन्तुकहरूलाई सुविधा दिनेछ र J–1 स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई 36 महिनासम्म (STEM) क्षेत्रहरूमा थप शैक्षिक प्रशिक्षण पनि प्रदान गर्नेछ ।

यसैबीच, विज्ञान, व्यवसाय, शिक्षा, वा एथलेटिक्सको क्षेत्रमा अभूतपूर्व कौशलता प्रदर्शन गर्ने व्यक्तिहरूलाई O–1A non–immigrant स्टेटस पनि उपलब्ध हुनेछ।

स्टडी ग्रुपका युनिभर्सिटी पार्ट्नरशिपको कार्यकारी उपाध्यक्ष जोशुआ रुबिनले भने,“हामी विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विधाका विश्वव्यापी प्रतिभाहरूलाई आकर्षित गर्न अमेरिकी सरकारले पेश गरेको नयाँ योजनाहरूलाई स्वागत गर्दछौँ । यस योजनाले संयुक्त राज्य अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (STEM) विधामा डिग्री–स्तरका कार्यक्रमहरू अध्ययन गर्न इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्व–स्तरीय शिक्षा लिन र सम्बन्धित कामको अनुभव प्राप्त गर्न सक्छन् ।”
स्टडी ग्रुपएक अन्तर्राष्ट्रिय शिक्षा प्रदायक हो जसले विविध प्रतिभा र पृष्ठभूमि भएका युवाहरूलाई उपयुक्त हुने ५००भन्दा बढी शिक्षण कार्यक्रमहरू प्रदान गर्दछ। यसको बेलायत र युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न विश्वविद्यालयहरूसँग काम गरेको आफ्नो अनुभवले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको जगतमा आफ्नो पहिचान बनाउन मद्दत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्