नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ? « Arthapath.com
२४ माघ २०७८, सोमबार

नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको हो ।

ज्योति लाईफको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ६५० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७१५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ जार ९४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २ हजार ३३२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, जानकी फाइनान्सको १५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्