स्वावलम्बन लघुवित्तको नाफा २७.४२ बढ्यो, ईपीएस घट्यो

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २७.४२ प्रतिशत बढेर २३ करोड ५१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २०.६६ प्रतिशत बढेर ७६ करोड ६२ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६३ करोड ५० लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ०.३१ प्रतिशत बढेर २९ करोड ३८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २९ करोड २९ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४१.६२ प्रतिशत बढेर १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ, जगेडा कोष १७.५३ प्रतिशत बढेर १ अर्ब ८० करोड ३ लाख ९३ हजार रुपैयाँ, निक्षेप ११.५६ प्रतिशत बढेर ११ अर्ब २६ करोड ८३ लाख ५ हजार रुपैयाँ, कर्जा लगानी १९.८७ प्रतिशत बढेर १८ अर्ब ९६ करोड १४ लाख ७२ हजार रुपैयाँ र सापटि रकम २६.७६ प्रतिशत बढेर ५ अर्ब ४३ करोड १९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६७ पैसा घटेर ४१ रुपैयाँ ९० पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ५७ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.४१ गसणा रहेको छ । लघुवित्तको खराब कर्जा ७.२६ प्रतिशत, कस्ट अफ फण्ड ७.६१ प्रतिशत र तरलता अनुपात ३.७७ प्रतिशत रहेको छ ।