सुनको मुल्य तोलामा १०० ले बढ्यो, चाँदीको कति ? « Arthapath.com
२४ माघ २०७८, सोमबार

सुनको मुल्य तोलामा १०० ले बढ्यो, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्