भिजाले नेपाली बिरामीहरूका लागि भारतमा चिकित्सा सेवामा सहजता गर्ने « Arthapath.com
२५ माघ २०७८, मंगलवार

भिजाले नेपाली बिरामीहरूका लागि भारतमा चिकित्सा सेवामा सहजता गर्ने




काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रीणी संस्था भिजाले (NYSE: V) भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको छ ।

म्या बसु, भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजरले भने, “विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुन सक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गरीएको छ ।

यी हेरचाह खोज्नेहरूलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न उनीहरूको भिजा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गरीएको छ ।”

वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका १०० ओटा सम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाएको छ । वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन् । यो साझेदारीले भिसा कार्डधारकहरूलाई भारतमा वैदम प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रिया सहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १०% सम्म छुट प्रदान गरिएको छ ।

पंकज चन्द्र, सह–संस्थापक, वैदम हेल्थले (www.vaidam.com)   भने, “भारतीय डाक्टर र अस्पतालहरूले प्रदान गर्ने व्यावसायिकता र गुणस्तरीय चिकित्सा सेवामा अथाह विश्वास राखेर स्वास्थ्य सेवा खोज्ने बिरामीहरू वर्षौंदेखि नेपालबाट भारत यात्रा गर्दै आएका छन् । वैदमले झण्डै ६ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेका छन्, अब विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरू मध्ये एक भिजासँग साझेदारी गरेको छ । सबै भिसा कार्डधारकहरूलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गरेको छ । “

एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्ड मार्फत भुक्तानी गर्न रोज्न सक्नुहुन्छ । भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ। अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न, बिरामी वा हेरचाहकर्ताहरूलाई बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ । भिजा र वैदम बीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाएको छ । यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ।


प्रतिक्रिया दिनुहोस्