केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाईसी) भनेको के हो  ? « Arthapath.com
२६ माघ २०७८, बुधबार

केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाईसी) भनेको के हो  ?



काठमाडौं । बैंकले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फाराम केवाईसी हो । केवाईसीलाई केन्द्रीकृत ग्राहक पहिचान विवरण भनिन्छ । केवाईसी बहुप्रचलित शब्द नै भइसकेको छ । सम्पत्ति शुद्धिकरण, भष्ट्राचार, चोरी, ठगी लगायतका वित्तिय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो ।

केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ । केवाईसी नियम अनुसार बैंकहरूले आफ्ना ग्राहकको सम्पुर्ण जानकारी राख्नु पर्दछ ।

केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रुपमा खुलाउनु पर्दछ । बैंकमा खाता खोल्दा अनिवार्य रुपमा केवाईसी फाराम भर्नु पर्छ । बचत खाता खोल्न फाराम, फोटो र आवासको प्रमाण (जस्तै: धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।

केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ ।

त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुत बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ । बैंकहरूले आवश्यकताअनुसार, यसको प्रकियामा परिमार्जन गर्ने गर्दछन् । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई आपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।

पछिल्लो समय कोरोना महामारीले गर्दा केन्द्रीकृत केवाइसी प्रणालीमा ग्राहक आफैं वा घरैबाट केवाइसि प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत बायोमेट्रिक विवरण प्रविष्टि गर्न सक्ने व्यवस्था मिलाएको छ । 

केवाईसी दर्ता प्रतिनिधिले ग्राहकसँग सम्बन्धित विवरण, तथ्याङ्क वा जानकारीका सम्बन्धमा नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अख्तियार प्राप्त अधिकारीबाट माग भएको अवस्थामा बाहेक गोप्य राख्नु पर्ने व्यवस्था रहेको छ । तर नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अख्तियार प्राप्त अधिकारीबाट माग भएमा ग्राहकको विवरण, तथ्याङ्क वा जानकारी दिनु पर्ने संस्थाको नियम अनुसार हुन्छ । 

भारतमा भारतीय रिजर्भ बैंकले सन् २००२ मा सबै बैंकहरूको लागि केवाईसी फाराम भर्न निर्देशन दिएको थियो । विश्व इतिहासमा केवाईसी २००१ सालदेखि शुरु भएको देखिन्छ । शुरुमा आतङ्कवादी गतिविधिबाट रोक्नका लागि शुरु गरेको देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्