समयमा नै शेयरधनीको खातामा लाभांश पठाउन शेयर लगानीकर्ता फोरमको माग « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

समयमा नै शेयरधनीको खातामा लाभांश पठाउन शेयर लगानीकर्ता फोरमको माग



काठमाडौं । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले लगानीकर्ताहरुमा पर्न गएको क्षतिप्रति गम्भिर ध्यानाकर्षषण गराएको छ । समय–समयमा आउने कम्पनीका नगद लाभांश तथा बोनस शेयर समयमै शेयरधनीको खातामा पठाउन गरेको ढिलासुस्तीका कारण आम लगानीकर्ताहरुमा पर्न गएको क्षतिप्रति यस संघको गम्भिर ध्यानाकर्षषण गराएको हो ।

‘तसर्थ सम्बद्ध निकायहरुले यस बिषयमा समयमै अनुगमन र नियमकीय भुमिका परिपालन गर्दै यथासिघ्र सो विषयलाई समाधान गर्न समेत शेयर लगानीकर्ता फोरम जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश ५ शेयर लगानीकर्ता फोरमले विगत देखि निरन्तर अन्तरक्रिया, गोष्ठी एवम आम लगानीकर्ताको हकहितको सन्दर्भमा आवाज बुलुन्द गर्दै व्यहोरा अवगत गराएको छ ।


प्रतिक्रिया दिनुहोस्