चर्याइरहेको घाउमा राष्ट्र बैंकले थप नुनचुक छर्कियो: राधा पोखरेल « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

चर्याइरहेको घाउमा राष्ट्र बैंकले थप नुनचुक छर्कियो: राधा पोखरेल



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । जसमा विभिन्न ९ वटा व्यवस्था मात्रै नयाँ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनीक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर कोरिडोरसँग सम्बद्ध स्थायी तरलता सुविधा दर, नीतिगत रिपो दर र निक्षेप संकलन दर पनि २–२ प्रतिशत विन्दुका दरले बढाइएको छ ।

स्थायी तरलता सुविधा दर ५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत रिपो दर ३.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन दर २ प्रतिशतबाट ४ प्रतिशत र्पुयाइएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखिएको छ । नयाँ व्यवस्थाबाट बैंकहरूले राष्ट्र बैंकबाट लिने कर्जाको ब्याजदर बढ्ने पक्का भएको छ । फलस्वरूप बैंकहरूले ग्राहकबाट लिने कर्जाको ब्याजदर पनि बढ्ने देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनि गरेको मौद्रिक नीतिको अर्धवार्षिक रुपमा गरेको समीक्षाका बारेमा नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्ने गरेको बताएकी छिन् ।

समिक्षाप्रति असन्तुष्ट पोख्दै उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्, “राष्ट्र बैंकका कतिपय बजार विरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताडीत लगानीकर्ता चारैतिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छँदै छन्, त्यस्को बाबजुद मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा लगानीकर्ताको चर्याइरहेको घाउमा राष्ट्र बैंकले थप नुन चुक छर्किएको छ ।”


प्रतिक्रिया दिनुहोस्