नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ८ !

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आज मंगलबार बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज मंगलबार बाँडफाँट गरिएको हो । बाँडफाँट गर्दा लक्की ८ नम्बर रहेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लघुवित्तको आईपीओमा २५ लाख २७ हजार १०१ जना आवेदकले २ करोड ८७ लाख ८१ हजार ५२० कित्ता शेयरको लागि २ अर्ब ८७ करोड ८१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा ४ हजार ११४ जनाको आवेदन विभिन्न कारण रद्द भएको छ ।
२५ लाख २२ हजार ९५५ जना योग्य आवेदकले २ करोड ८७ लाख ३४ हजार १० कित्ता योग्य रहेका छन् । योग्य आवेदकलाई १० कित्ताका दरले बाडफाट गर्दा ७७ हजार ४५६ जनाले आईपीओ पाएका छन् । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । जसमा ३ कित्ता बाँकि रहेको छ । थप ३ जनाले भने ११ कित्ता पाएका छन् ।
लघुवित्तले फागुन ११ गते बुधबारदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।
