अन्तरराष्ट्रिय बजारमा सुन र तेलको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुन र तेलको मूल्य घटेको छ । विगत केही दिनेदेखि उच्च दरमा बढीरहेको सुन र तेलको मूल्य बुधबारदेखि घट्न थालेको हो ।
बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य २ प्रतिशतले घटेर प्रतिआउन्स २ हजार डलरभन्दा तल झरेको थियो । आज विहिबार सुन प्रतिआउन्स १ हजार ९७७ डलरमा कारोबार भइरहेको छ ।
त्यसैगरी, केही दिनयता उच्च दरले बढीरहेको तेलको मूल्यमा पनि आज गिरावट आएको छ । अहिले ब्रेन्ट क्रुड प्रति ब्यारल ११४ डलरमा कारोबार भइरहेको छ । भने क्रुड आयल प्रतिब्यारल ११० डलरमा कारोबार भइरहेको छ ।
अमेरिकाले रुसको कच्चा तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै उच्च दरमा बढेको तेलको मूल्य, युएईले उत्पादन बढाउन सहमति जनाएसँगै घट्न पुगेको हो ।