‘८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा’ अभियानलाई ५ लाख रुपैयाँ सहयोग « Arthapath.com
२४ असार २०८२, मंगलबार

‘८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा’ अभियानलाई ५ लाख रुपैयाँ सहयोग



काठमाडौं । बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालीले नेपाल भर बिक्रि अनुमती पाएको हो । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।

प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन्, उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ । प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोदले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सिसिबाट पूर्व (पश्चिम राजमार्ग (मेची – महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका थिए ।

बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रालीले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर ५ लाख रुपैयाँको चेक हस्तानतरण गरेको हो । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइबाट हस्तानतरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्