सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बिहिबार सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो भने छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।