परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सुरक्षा थ्रेट « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सुरक्षा थ्रेट



काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाललाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको बुझिएको छ ।

नेपाली राजनीतिमा छुटै पहिचान बनाएका अध्यक्ष ढकाल नेपालमा मात्र नभएर साउथ एशिया तथा बिश्वमा समेत चिनिएका ब्यत्ति हुन् । अध्यक्ष ढकालले असुरक्षित महसुस भएको कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई लिखित रुपमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको स्वकीय सचिव जितेन्द्र श्रेष्ठले बताए ।

नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलका अनुसार आफ्नो दलको नेता राष्ट्रिय स्तरको नेता भएका नेपाल सरकारको दुई पटक मन्त्री भइसेको ब्यत्तिको सुरक्षाको जिम्मा सरकारले नलिदा केहि भईपरि आए त्यसको जिम्मेबारी सरकारले लिनुपर्ने बताए ।

स्थानीय तहको निर्बाचन नजिकिएसँगै जिल्ला जिल्लामा कार्यक्रममा जानुपर्ने भएपनि सुरक्षा चुनौतिका कारण कार्यक्रम ब्यबस्थापनमा निकै कठिनाई भएकोे स्वकीय सचिब श्रेष्ठले बताए । गत निर्बाचनमा अछाममा पनि अध्यक्ष ढकाललाई लक्षितगरी बिरोधीहरुले बहाँको सभामा आक्रमण गरेको थियो । दुबै संविधान सभाका सभासद रहेका ढकाल तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई र केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदका सदस्य समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्