जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । नेप्से लगातार ओरालो लागे रहेको छ । साताको अन्तिम कारोबारको दिन पनि नेप्से राताम्य भएको हो । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.०६ अकंले घटेर २२३८.६२ अकंमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से घटेर कारोबार समेत खुम्चिदा जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । साथै, एनआईसी सेलेक्ट फण्ड ३० को १.८४ प्रतिशत, आरएमडिसी लघुवित्तको १.२७ प्रतिशत, कालिका पावरको ०.९८ प्रतिशत, न्यादी ग्रुप पावरको ०.७१ प्रतिशत र एनआईबिएल प्रगति फण्डको ०.४५ प्रतिशतले शेयर बढेको हो ।

साताको अन्तिम कारोबारको दिन आज सर्वाधिक गुमाउने कम्पनीमा घलेम्दी हाइड्रो रहेको छ । कम्पनीको शेयर आज ६.८६ प्रतिशतले घटेको हो । साथै, मैलुङ खोला जलविद्युतको ६.८१ प्रतिशत, शिव श्री हाइड्रोपावरको ६.६३ प्रतिशत, यूनियन हाइड्रोपावरको ६.५३ प्रतिशत र ग्रीन भेन्चर्सको ६.३२ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्