भरतपुकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते, सुमेरु अस्पतालमा उपचार हुदैं « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

भरतपुकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते, सुमेरु अस्पतालमा उपचार हुदैं



काठमाडौ । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेणु दाहाल दुर्घटनामा परि घाइते भएकी छन् ।

उनी उनी चडेको गाडि ललितपुर जिल्लाको जावलाखेल स्थित स्टाफ कलेज अगाडि पोलमा ठोक्एिर दुर्घटना भएको थियो । उनीको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्