धम्की दिएर करोडौं रकम माग गर्ने ७ जना ब्यक्ति प्रक्राउ « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

धम्की दिएर करोडौं रकम माग गर्ने ७ जना ब्यक्ति प्रक्राउ



काठमाडौं । धाक–धम्की दिई ७ करोड रकम माग गर्ने ७ जना ब्यक्ति प्रक्राउ गरेका छन् । योजनावद्ध तरिकाले पिडितलाई पटक–पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रुपैयाँ माग गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरीलाई आएको सुचनाको आधारमा यस खटिएको विशेष अनुसन्धान टोलीले जेठ १२ गते काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूबाट सुजन आचार्य समेत देहाय बमोजिमका ७ जना व्यक्तिहरूलाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिहरूः
१. नाम : सुजन आचार्य
उमेर : २१ बर्ष
ठेगाना : त्रियुगा–१०, उदयपुर हाल का.जि.गोठाटार
२. नाम : टेक वि.क.
उमेर : २९ बर्ष
ठेगाना : सान्नित्रिवेणी–०८, कालिकोट हाल का.जि.बुढानिलकण्ठ
३. नाम : धर्मराज थापा
उमेर : २९ बर्ष
ठेगाना : खप्तडछान्ना–०७, बझाङ हाल का.जि.कोटेश्वर
४. नाम : उमेश भण्डारी
उमेरः ३३ वर्ष
ठेगाना : तेमाल–०२, काभ्रेपलाञ्चोक हाल का.जि.कांडाघारी
५. नाम : बसन्ता खनाल
उमेर : २९ बर्ष
ठेगाना : गुल्मी धुरकोट–०२, हाल : का.जि.रातोपुल
६. नाम : सुरज शर्मा
उमेर : ३२ बर्ष
ठेगाना : भरतपुर–११, चितवन हाल का.जि.सिनामंगल
७. नाम : श्रवण कार्की
उमेर : ३३ बर्ष
ठेगाना : का.म.न.पा.–०९ हाल : का.जि.सिनामंगल


प्रतिक्रिया दिनुहोस्