म्याक्स टिभीनेटले आफ्ना सबैं कार्यालयहरुबाट निःशुल्क सार्वजनिक शौचालय सुविधा दिने

काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी म्याक्स टिभी नेटले समेत निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराएको छ । कम्पनीले केन्द्रीय कार्यालयसहित सबै शाखा कार्यालयका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने समझदारी गरेको हो ।
काठमाडौं महानगरपालिकासँग महानगरपालिकाभित्र रहेका सो संस्थाका शाखाका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने सम्झौता भएको हो । म्याक्स टिभिले काठमाडौंलाई अझ सुन्दर बनाउन एक जना मेयरको मात्रै लागेर नहुने भन्दै सबैं नगरवासी तथा संघ संस्थाको सहयोग हुन पर्ने बताएको छ ।
काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउनको लागि होटल तथा अन्य संस्थाहरूलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । सोहि अन्तर्गत नबिल बैंक लिमिटेडले समेत आफ्ना सम्पूर्ण शाखाहरु मार्फत नि शूल्क सार्वजनिक शौचालय उपलब्ध गराउने समझदारी यस अघि नै गरि सकेको छ ।
सार्वजनिक प्रयोगलाई सञ्चालनमा ल्याउने शौचालयको सरसफाइ र आवश्यक सामग्रीहरूको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयं म्याक्स टिभी नेटले नै गर्ने जनाइएको छ ।