सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्रीः मन्त्री श्रेष्ठ « Arthapath.com
१९ असार २०७९, आईतवार

सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्रीः मन्त्री श्रेष्ठ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएको विचार व्यक्त गर्दै सहकारी मार्फत भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

सो कुरा उनले राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरको पुल्चोकस्थित आप्mनै भवनमा २०७९ असार १८ गते आयोजित विशेष समारोहलाई संम्बोधन गर्दै यस्ता बताएका हुन । सहकारी अभियानको सकारात्मक सुझावलाई ग्रहण गर्न सरकार सधै तयार रहेको बताउँदै मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आपूm आतुर रहेको बताए । साथै सहकारीप्रतिको जनविश्वास बढाउनु पर्ने आग्रह गर्दै उहाँले सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानूनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने बताए । सो कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यहरुले पद त्याग गर्नुपर्ने बताउँदै सम्पत्ति सुद्धिकरणलाई सहकारी संघ÷संस्थाहरुले महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने बताए । समारोहमा महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सल्लाहकार उषा झा र महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले शुभकामना मनतव्य राखेका थिए ।

महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियान सरकारसंग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन,२०७२ मा भएको व्यवस्था अनुसार नै सहकारी संघ÷संस्थाहरुलाई कर निर्धारण गर्न मांग गरे ।
महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार २०७८बाट सम्मान गरिएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उनलाई नगद ५० हजार सहित सम्मान गर्नुभएको हो । सो अवसरमाउत्कृष्ट सहकारी पुरस्कार २०७८बाट जिल्ला सहकारी संघ लि.दोलखा पुरस्कृत भयो । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८बाट पत्येक प्रदेशबाट १÷१ वटा प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यी सहकारी संस्था लि., मधेश प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत भए । गण्डकी प्रदेशबाट बागलुङ्गको कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लुम्बिनी प्रदेशबाट बिर्दीयाको सिको बचत तथा ऋण सहकारी संस्था लि, कर्णाली प्रदेशबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. र सुदुरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.पुरस्कृत भए । पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८बाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक बालकृष्ण ध्वजु सम्मानीत भएका छन् ।


प्रतिक्रिया दिनुहोस्