मौद्रिक नीतिमार्फत देशको अर्थतन्त्र सुधारका लागी तत्काल एक्सन लिन प्रधानमन्त्रीको गभर्नरलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गभर्नर महाप्रसाद अधिकारीविच आज देशको अर्थतन्त्रको बारेमा छलफल भएको छ । सामूहिक भेट भएकाले बजारमा आएको गभर्नर एमालेको विभागीय सदस्य रहेको भन्ने हल्ला बारे बैठकमा स्थान पाएन ।
प्रधानमन्त्री देउवा र गभर्नर अधिकारीबिच करिब २ घण्टाभन्दा बढी देशको अर्थतन्त्रका विषयमा कुराकानी भएको थियो । बिहीबार प्रधानमन्त्री देउवाले उद्योग तथा वाणिज्य मन्त्री दीलेन्द्रप्रसाद बडू, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव मधुकुमार मरासिनीलगायतलाई कार्यालयमा बोलाएका थिए ।
‘कुनै खोट नभएको विषय प्रधानमन्त्री कार्यालयको प्राथमिकतामा परेन गभर्नर निकट स्रोतले भन्यो । प्रधानमन्त्री देशको अर्थतन्त्रका बारेमा चासो राख्नुभयो ।’ अर्थ मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले कुन कुन क्षेत्रमा एक्सन लिनुपर्ने हो भनेर गम्भीरताका साथ चासो राख्नुभएको स्रोतले बतायो ।
राष्ट्र बैङ्कका तर्फबाट मौद्रिक नीतिको बारेमा गभर्नर अधिकारीले ब्रिफिङ गरेका थिए । कुन–कुन विषयलाई तत्काल एक्सन लिनुपर्ने हो र कुन विषय पछि दिएर हुने खालका हुन सबै काम गर्नुस् भन्नुभएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।