सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ करोबार ? « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ करोबार ?



काठमाडौं । शुक्रबार तोलामा १ हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा १ हजार रुपैयाँले नै घट्दै ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्