पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्दैन: निगम, आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्दैन: निगम, आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी



काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ ।निगमले अहिले पनि निगम घाटामा गईरहेकोले तत्काल मूल्य नघटाउने भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ । गएकाे साेमवार भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आएको थियो ।

मूल्य घटेर आएपछि अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा रहेको तर डिजलमा नाै रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भएपनि निगमले बिक्री गरेको मूल्यमा पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा र ग्याँसमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा भएको निगमले जनाएको छ । अहिलेको खरिद र बिक्रीको अवस्थामा निगमलाई मासिक रुपमा १ अर्ब २७ करोड घाटा हुने अवस्था रहेको निगमको अनुमान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्