नमस्ते पेमा लौटरी पोईन्टस् प्रणालीको सुरुवात

काठमाडौं । नमस्ते पेले आपनो App मा Loyalty कार्यक्रम सुचारु गरेको छ । यो सुरुवात सँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ । Namaste Pay कोLoyalty Points प्रणाली कुनै प्रयोगकर्ताले Namaste Pay एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ। प्रत्येक प्रयोगकर्ताले हरेक NPR 100 को खर्चमा,2NP Coins/Points पाउनेछन्र प्रत्येक8 NP Points/Coins को मूल्य NPR 1 हुनेछ।
सेवाको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले NP Points सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पेमा उपलब्ध Loyalty Points मा आकर्षक प्रस्तावहरू समावेश छन्जस्तैस NP Coins प्रयोग गरी विभिन्न भ्वाइस र डेटा प्याकहरू र टप अप redeem गर्न सक्ने, विभिन्न कुपन र अनलाइन शपिङ भौचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले NP पोइन्टहरूलाई Namaste Paisa वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू ,होटलहरू र ट्रिपहरूर थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले NP Points redeem गर्ने मौका पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।