जुत्ता चप्पलको पाँचौ दशैं व्यापार प्रवर्द्धन मेला सुरु, १ हजार मोडलका जुत्तामा ५०% सम्म छुट « Arthapath.com
५ भाद्र २०७९, आईतवार

जुत्ता चप्पलको पाँचौ दशैं व्यापार प्रवर्द्धन मेला सुरु, १ हजार मोडलका जुत्तामा ५०% सम्म छुट



काठमाडौं । जुत्ता चप्पलको पाँचौ दशैं व्यापार प्रवर्द्धन मेला २०७९ आज –भदौ ५ गते ) देखि शुरु भएको छ । मेला भदौं २० गतेसम्म काठमाडौंको भृकुटि मण्डपमा सञ्चालन हुनेछ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा संचालन भएको मेलाले नेपाली उत्पादनको बजारीकरण र बिक्री प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ । मेलाको प्रभावकारीताका लागि यस वर्ष तीज, दशैं जस्ता चाँडलाई लक्षित गरि अझ वृहद र प्रभावकारीरुपमा व्यापार मेलाको आयोजना गर्न लागिएको एसोसिएसनका उपध्याक्ष एवं मेला संयोजक सुरज बन्जाडे बताए ।

मेलामा लेडिज, जेन्स र बालबालिका सबैलाई समेट्ने गरि नेपालमा उत्पादित जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशमै तयार गरिएका चाडबाड लक्षित जुत्ता चप्पल रहने छन् । साथै ३० भन्दा बढी ब्राण्डका १ हजार मोडल जुत्ता १० देखि ५० प्रतिशतसम्म छुटमा पाउन सकिनेछ ।

. पाचौ दशैं व्यापार प्रवर्द्धन मेला २०७९ मेला आयोजनाको को उदेश्य

१। स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु.

२। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचार प्रसारगरी वाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नु,

३। विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउनु,

४। उपभोत्ताहरुनै उत्पादन लाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा वास्तविक उपभोत्तासंग

उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव शंकलन गरी कमी कम्जोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउनु,

६। प्रतिस्पधं व्यापार व्यवसायको एउटा सुन्दर पक्ष पनि हो र चुनौती पनि हो । तसर्थ एक अर्का उद्यमी बिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाईनमा सुधार ल्याउने वातावरण तयार गर्नु,

७। अस्वस्थ प्रतिस्पर्धा लाई न्युनिकरण गराउदै उद्योगी व्यवसायी विच “एकका लागी सबै र सबैका लागी एक“ भन्ने भावना महशुस गराई दीगो हार्दिकता सृजना गर्नु,

८। उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलब्ध गराउने व्यत्ती र उद्योगी, उद्योगी र उपभोत्ता, उद्योगी र व्यापारी, नीतिनियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्र र उद्यमी एकै साथ एकै ठाँउमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा स्थापित गराउनु,

९। स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका बस्तु तथा स्वदेशमा तयार गरिएका सामाग्रीहरु एउटै छानामुनी उपभोत्ताले एकैपटक अवलोकन तथा खरिद गर्न पाउने अवसर प्रदान गर्नु ।

संख्यात्मक हिसाबले करिव १५०० को हाराहारीमा मात्र रहेका र तिनमा पनि अधिकांश साना तथा घरेलु उद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म नेपाली उत्पादनका जुत्ता भने पछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएका छन् । यो नीकै उत्साहबर्द्धक स्थिीती हो । यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुका उद्योगहरु सबैका लागि एक र एकका लागि सबैको अवधारणाबाट फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालमा संगठित छन् । तिनले आफ्ना उत्पादनहरुलाई नेपाली ब्राण्डको प्रयोग गरि स्वदेशी उद्योगको सम्मान तथा राष्ट्रसम्वृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ प्रवर्द्धन गरिरहेका छन् र यसमा सफलता पनि हासिल भइरहेका छ ।

वर्तमान अवस्था

विगत ३ वर्ष देखि कोभिडको महामारीले आक्रमक बनाएको आर्थिक क्रियाकलापमा हाल थप रसिया र युक्रेनको युद्धको कारणले कच्चा पदार्थको लागत बढेको, बैंकको ब्याज दर एकल अंकबाट भन्दै १४–१५ प्रतिशत हुनु, भन्सार नतिरि दक्षिणी नाकाबाट सामान संगठीत तस्करी भएको सामान नेपालमा आउनु, श्रम शक्तीको अभाव हुनु वित्तिय क्षेत्रमा तरलता अभाव, कर्जा पाउन कठिन हुनु, व्यापार प्रवर्द्धन र बजारीकरण लगाएतका काममा फुटवेयर क्षेत्रलाई आर्थिक, प्राविधिक सहयोग प्राप्त नहुनु जस्ता असहजताको बावजुद हाल पनि यस जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुमा भने अझै जीवन्त उत्साह र दह्रो आत्मविश्वास पाईन्छ । देशको व्यापार घाटा चुलिएर अहिलेको चरम संकटको अवस्थामा समेत एशोसिएसनको पहलमा नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरूले नेपाली औद्योगिक उत्पादनहरु जारी राखी वस्तुहरुको उत्पादकत्व अभिवृद्धि गरी जुत्ता, चप्पलको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउँदै लगि निर्यात प्रवर्द्धन गर्नेतर्फ अग्रसर भइरहेका छन् । नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्र लगायत वर्तमान समयमा आईपरेका अप्ठयारा अवस्थामा पनि जीवन्त भन्ने सन्देश दिन सकेका छन् । तिनले आफ्ना उत्पादनलाई यथाशक्य निरन्तरता त दिइरहेका छन् । नेपाली उत्पादनको बजारीकरण र बिक्री प्रवर्द्धनको लागि विभिन्न उपायहरु मध्य वार्षिक क्यालेण्डर बनाई वर्षमा एक पटक औद्योगिक प्रदर्शनी र दुइ पटक व्यापार प्रवर्द्धन मेला आयोजना अनुरुप यो पहिलो पटक आयोजना गरिएको छ । यसले आम नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाएको छ र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवर्द्धन गर्न पनि मद्दत पुर्याएको छ । यसको उल्लेखनिय प्रभावकारीताको कारण यो वर्ष तीज, दशैं जस्ता चाड वाडलाई लक्षित गरि अझ वृहद र प्रभावकारी रुपमा व्यापार मेला आयोजना गरिएको हो ।

यो मेलाबाट खोजिएको मूल उपलब्धी भनेको नेपाली उत्पादनको प्रचार प्रसार तथा उत्पादक तथा उपोत्ता तथा अन्य सरोकारवालहरु विचको प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवर्द्धन भएको हुदा यसको उपलब्धी मापनको अन्य सूचकहरुमा यसको अवलेकन तथा कारोवार पनि हो। यस मेलाको अवधिमा निम्न अनुसारका न्युनतम प्रदर्शनीमा २ लाख ५० हजार भन्दा बढि स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ र मेलामा ३ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्