एनएमबि बैकका सातै प्रदेशमा महिला कर्मचारीको नेतृत्व, महिला भएको शाखालाई विशेष घोषणा

काठमाडौं । एनएमबि बैंकको आयोजनामा बानेश्वरको एभरेष्ट होटलमा महिला सशक्तीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध रहेका महिलाहरुको उपस्थिति रहेको थियो ।
एनएमबी बैंकको प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाहरुको विशेष घोषण गरिने तथा महिला शसक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाहरुको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम राखेको एनएमबी बैंकका सिइओ सुनिल केसिले बताए ।
महिलालाई थप शशक्त बनाइ हरेक क्षेत्रमा अगाडि बढाउनु आज को आवश्यकता महसुस गर्दै बैंकद्धारा सन्चालन गरेको कार्यक्रमले भविष्यमा महिला शसक्तिमा सेवा पुर्याउने केसी बताउछन । कार्यक्रममा बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थामा कार्यरत महिला प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
एनएमबी बैंकले हाल देशभर दुई सय एक शाखाहरु एक सय ३८ एटिएमहरु र एघार एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । एनएमबी बैंकको सातओटै प्रदेशबाट महिला कर्मचारीहरुले नेतृत्व गरिरहेका छन ।
एनएमबि बैकले ‘दि फिनान्सियल टाइम्स’, ‘लण्नको द ब्यान्कर पत्रीका’ एसियाकै सर्वोत्कृष्ट बैकको उपाधि ‘बैक अफ इयर नेपाल’ प्राप्त गरिसकेको छ ।