जागौं युवा धनगढीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा जोशी « Arthapath.com
११ भाद्र २०७९, शनिबार

जागौं युवा धनगढीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा जोशी



काठमाडौं । जागौं युवा संस्था धनगढीले नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा आज (भदौं ११ गते) सम्पन्न भएको संस्थाको तेस्रो वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको हो।

सभाले अध्यक्षमा नवराज जोशीलाई चयन गरेको छ। यस्तै उपाध्यक्षमा सुरज खड्का र महेश वडूलाई चयन भएका छ भने सचिवमा गिरिजा प्रसाद पनेरु, सहसचिवमा गौरी सिंहलाई चयन गरिएको संस्थाका अध्यक्ष जोशी बताए ।

अन्य सदस्य तथा पदाधिकारीलाई कार्यसमितिले मनोनीत गर्ने जनाएको छ । संस्थाले विगत ६ वर्षदेखि समाज परिवर्तन गर्न लागि रहेको र आगामी दिनमा पनि उक्त कार्य जारी रहने नयाँ कार्यसमितिको भनाई छ।


प्रतिक्रिया दिनुहोस्