२४ घण्टा भित्र कर तिर्न फनपार्कलाई महानगरपालिकाको निर्देशन, नतिरे शिलबन्दी गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र करण तिर्ने निर्देशन दिएको हो ।
तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न भने हो ।
फन पार्कले ७ वर्षदेखिको कर तिरेको छैन । काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।
