आईसीएफसी फाइनान्सले कति देला त लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीले २० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने २०.२१ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले २५ करोड १४ लाख २३ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी भने ४९.१४ प्रतिशतले बढेर ४७ करोड ६ लाख २१ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचालन नाफा पनि ५९ करोड २९ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।
उक्त अवधिमा कम्पनीको कम्पनीको वितरण योग्य नाफा भने ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यसका आधारामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना सेयरधनीहरुलाई १०.५१ प्रतिशत लाभांश दिन सक्नेछ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले जगेडा तथा कोषमा भने ४९ करोड ७४ लाख २५ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा र प्रतिशत सेयर नेटवर्थ १५४ रुपैयाँ ६४ पैसा रहेको छ ।
यस्तो छ कम्पनीको पाँच वर्षे लाभांश इतिहास
आर्थिक वर्ष २०७७/७८ : आ.व. २०७७/७८ कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ : आ.व. २०७६/७७ मा कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश दिएको थियो ।
आर्थिक वर्ष २०७५/७६ : आ.व. २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनससेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७४/७५ : आ.व. २०७४/७५ मा कम्पनीले ८ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । उक्त आवमा कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत मात्र नगद लाभांश वितरण गरेको हो ।
आर्थिक वर्ष २०७३/७४ : आ.व. २०७३/७४ कम्पनीले २१ प्रतिशत लाभांश वितरण गरेको छ । उक्त आ.व.कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।