आधा दर्जन माइक्रोफाइनान्स कम्पनीको एफपीओ आउँदै, कुनको कति ?

काठमाडौं । आधा दर्जन माइक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशन गर्ने भएका छन् । ६ वटा माइक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
एफफीओ निष्काशनका लागि किसान लघुवित्त, मिर्मिरे लघुवित्त, यूनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, समता घरेलु लघुवित्त र नयाँ सारथी लघुवित्तले बोर्ड निवेदन पेश गरेका छन् ।
किसान लघुवित्तले १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँ बराबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले एफपीओ जारी गर्नका लागि २०७८ असार २९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
मिर्मिरे लघुवित्तले पनि एफपीओ निष्काशन गर्न २०७८ कात्तिक २३ गते बोर्डमा निवेदन दिएको हो । बोर्डले अनुमति दिएमा कम्पनीले ९१ लाख २३ हजार ९८४.८० रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
यस्तै, यूनिक लघुवित्तले पनि ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गर्न २०७८ चैत १७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरि उन्नती सहकार्य लघुवित्तले एफपीओ निष्काशनका लागि २०७८ गतै २५ गते बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
यता, समता घरेलु लघुवित्तले पनि ४ करोड ६० लाख ४१ हजार २२०. ८० रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनको अनुमति माग्दै २०७८ चैत २९ गते बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
नयाँ सारथी लघुवित्तले पनि एफीओ निष्काशन गर्न २०७८ भदौ ९ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको ३ लाख २८९ हजार ६४९ कित्ता एफपीअो जारी गर्ने भएको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।