राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रवन्धकमा ४ जना सिफारिस, को-को परे ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रवन्धक बढुवाका लागि चार जनालाई सिफारिस गरेको छ ।
बैंकको पदपूर्ति समितिले गणेशचन्द्र पौडेल, ऋषभ भट्टराई, प्रमोद अधिकारी र दामोदर ज्ञवालीलाई मुख्य प्रवन्धक (प्रशासन सेवा र प्रशासन समूह) १० औं तहमा बढुवाका लागि सिफारिस गरेको हो ।
लोक सेवा आयोगबाट संचालित आन्तरिक प्रतियोगितात्मक लिमिख परीक्षा सफल भई प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्तामा प्राप्ताङ्कको आधारमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बैंकले विज्ञापन नम्बर २४/२०७८/०७९ (आ.प्र.) तह १०, मुख्य प्रवन्धक (प्रशासन सेवा प्रशासन समूह) का लागि लोकसेवा आयोगबाट आन्तरिक प्रतियोगितात्मक लिखित, प्रस्तुतिकरण परीक्षा र अन्तर्वाता लिएको थियो ।